आज देशका धेरै ठाउँको मौसम सफा रहने

जनपत्र
१६ कार्तिक २०७८, मंगलवार १२:०१

काठमाण्डाै – आज देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् । मौसमविद् गंगा नगरकोटीकाअनुसार आज सामान्यतया देशका धेरै ठाउँमा घाम लाग्ने सम्भावना छ ।

दिउँसो पछि केही ठाउँमा भने हल्का पानी  पर्न सक्ने पूर्वानुमान छ । आज प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रका केही हल्का हिमपातको सम्भावना पनि छ । केही दिन ठूलो पानी नपर्ने पनि मौसमविद्ले बताएका छन् । अहिले भने काठमाण्डौ उपत्यकासहित धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । बिस्तारै मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*