पत्रकारले देखेको सत्यकुरा लेख्नुपर्छ–पूर्व मुख्यमन्त्री पौडेल
हेटौंडा । प्रेसचौतारी नेपाल मकवानपुर शाखाको आयोजनामा शुभदिपावली, नेपाल सम्वत र छटपर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम हेटौंडामा भएको छ । कार्यक्रमको उद्घाटन् गर्दै बागमती प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य डोरमणि पौडेलले लोकतन्त्रलाई बचाउनका लागि सबै मिलेर लाग्न आग्रह गर्नुभयो । पत्रकारहरुले देखेको सत्यकुरा लेख्नका लागि उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशका प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, एमाले बागमती प्रदेशका सदस्य भोजराज ढकाल, नेकपा एमाले मकवानपुरका अध्यक्ष बद्री लंसाल, नेकपा एमाले मकवानपुरका सचिब तथा बागमती प्रदेश समितिका सदस्य एकालाल श्रेष्ठ, पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, महासचिब कृष्ण सारु मगर, बरिष्ठ पत्रकार प्रताप विष्ठ, प्रेश चौतारी नेपालका बागमती प्रदेश सहसंयोजक प्रकास दाहाल, ब्रोकाष्टिङ एशोसीएसनका उपाध्यक्ष उज्वल चौलागाई, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष धुर्ब अधिकारी, कानून व्यावसायी धुर्व प्रसाद चौलागाई , प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अन्जली थापा लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रम प्रेस चौतारी मकवानपुरका अध्यक्ष धर्मेन्द्र दाहालको अध्यक्षतामा भएको हो ।