अरुको बैशाखी टेकेर उभिने पाटी काग्रेश हुन सक्दैन– पौडेल
हेटौंडा । नेपाली काग्रेशका वरिष्ठ नेता रामचन्द् पौडेलले अरुको बैशाखी टेकेर उभिने पाटी काग्रेश हुन नसक्ने वताउनु भएको छ । नेपाली काग्रेश मकवानपुरको आयोजनामा शुभ दिपावली, छट र नेपाल सम्वतका अवसरमा आज हेटौंडामा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई संबोधन गर्दै उहाँले अहिले पाँच दलिय गठवन्धनबाट बनेको आफ्नो पार्टीको सरकारप्रति लक्षित गर्दै यस्तो कुरा वताउनुभयो ।
काग्रेश पाटी भित्रैबाट सुधारको खाँचो रहेको वताउनुभयो । साढे पाँच वर्षको अवधि सम्म पनि काग्रेशले आफ्नो पाटी भित्रको चुनाब गराउन नसक्नेले अरु चुनाबमा भाग लिन सक्छकी सक्दैन ? उहाँले पाटी नेतृत्वलाई प्रश्न गर्नुभयो । पाटीको क्रियाशिल सदस्यको विवाद अझै नटुङ्ग्याएकोमा असन्तुष्टी व्यक्त गर्नुभयो ।
अहिलेको अवस्थामा पार्टीको हालत र संबैधानिक निकायको यस्तो हालत कसले वनायो ? भनेर पश्न गर्नुभयो । काग्रेश पाटीमा निर्णय गर्ने क्षमता हराइसकेको वताउँदै नेता पौडेलले भन्नुभयो–‘काग्रेशमा निर्णय गर्ने क्षमता छैन । संघीय सरकारको मन्त्री नियुक्तिमै तीन महिना लाग्छ ?’
थोरै मान्छे लिएर पाटी कब्जा गर्ने परिपाटी त्याग्न नेतृत्वलाई सुझाब दिनुभयो । पार्टी भित्रको तानाशाही प्रवृती त्याग्नका लागि आग्रह गर्दै उहाँले भन्नुभयो–‘काग्रेशको महाधिवेसन गरौ र पाटी भित्रको तानाशाही फालौ। जसले जिते पनि केही हुँदैन । काग्रेशले सिंङ्गो राष्टलाई बोक्नु छ ।’
एउटा मापदण्डका आधारमा काग्रेश पाटी एक हुनुपर्ने उहाँले वताउनुभयो । काग्रेश पाटी भित्रैबाट सुध्रन जरुरी रहेको वताउनुभयो ।