‘‘प्रधानन्याधीश जबराले जतिसक्दो चाडो राजिनामा दिनुनै सम्मानजनक बहिरगमन’’
हेटौंडा । नेपाली काग्रेशका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराले जतिसक्दो आफ्नो पदबाट राजिनामा दिनका लागि सुझाब दिनु भएको छ ।
नेपाली काग्रेश मकवानपुरको आयोजनामा शुभ दिपावली, छट र नेपाल सम्वतका अवसरमा आज हेटौंडामा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई संबोधन गर्दै उहाँले भन्नुभयो–‘प्रधानन्यायधीशले सम्मान जनक बहिरगमन चाहनु भएको छ । उहाँले जति चाडै राजिनामा दिनु हुन्छ त्यतीनै चाडो सम्मानजनक हुने छ ।’
प्रधानन्यायधीशले पदबाट छोड्नका लागि जति ढिलो गर्नुहुन्छ उहाँले गरेका नराम्रा काम त्यतीनै बाहिर आउने भएकाले चाडो पद छोड्नका लागि आग्रह गर्नुभयो ।
पहिलेका र अहिलेका प्रधानमन्त्रीहरुसंग गरेको सेटिङका कारण अहिलेको हालत भएको वताउँदै वरिष्ठ नेता पौडेलले भन्नुभयो–‘संबैधानिक निकाय र राजदुत नियुक्तिमा सेटिङका कारण अहिलेको यो अवस्था आएको हो ।’ अहिले सबोच्च अदालत ध्यवस्त भएको उहाँले दावि गर्नुभयो ।