आज धनवन्तरि जयन्ती, धनतेरस पनि आजै
काठमाण्डाै – आज आयुर्वेदका प्रणेता धनवन्तरिको जन्म दिन हाे । आयुर्वेदिक चिकित्सा पद्धति संसारकै सबैभन्दा पुरानो चिकित्सा पद्धति हो ।
कार्तिक कृष्ण पक्षको त्रयोदशीको दिन समुन्द्र मन्थन गर्दा भगवान धनवन्तरि अमृत, शंख, चक्र र जडीबुटीका साथ प्रकट भएको धार्मिक कथन छ । आयुर्वेद “आयु र वेद“गरी दुई शब्द मिलेर बनेको हो । आयुर्वेद चिकित्सासँग सम्बन्धित सबैले आजको दिनलाई धनवन्तरि जयन्तीको रुपमा विशेष महत्वका साथ मनाउने गर्दछन् ।
यस्तै, आज धनतेरस पनि हाे । विशेषगरी दिपावलीको किनमेलको लागि आजको दिन निक्कै उत्तम मानिन्छ । आजको दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा धनधान्यले सम्पन्न हुने जनविश्वास छ । धनतरेसको दिन कमलको पुष्पासनमा बसेकी लक्ष्मी र गणेशको मूर्ति, तस्बिर घर भित्र्याउनु निकै फलदायी हुनेछ । यसो गर्नाले अन्नले भरिपूर्ण तथा स्थायी लक्ष्मीको बास हुन्छ भन्ने विश्वास छ । यस्तै, धन्तेरसमा सुन र चाँदी किन्नु पनि शुभ मानिन्छ ।