हेटौंडा–३ बाट १०५ क्युफिट सालको काठसहित एक जना पक्राउ

जनपत्र
१६ कार्तिक २०७८, मंगलवार ०६:१४

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ सरस्वती पाखाटोलबाट प्रहरीले एक सय ५ क्युफिट काठसहित एक जनालाई पक्राउ गरेको छ । सोमबार मकवानपुर प्रहरीले १ सय ५ दशमलब ६६ क्यूफिट सालको चिरान काठसहित उमेश लामालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–३ सरस्वती पाखा टोल बस्ने ३८ वर्षको उमेश लामाको बन्द रहेको भान्सा कोठा भित्र लुकाएर राखेको अवस्थामा सालको चिरान काठ फेला पारेको थियो ।

लामालाई प्रहरीले थप सोधपुछ गरेर जिल्ला वन कार्यालय पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*