२४ घण्टामा कोरोना सङ्क्रमण दर ५ प्रतिशतभन्दा कम

जनपत्र
१५ कार्तिक २०७८, सोमबार १७:३८

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमण दर पाँच प्रतिशतभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी ११ हजार ६ सय ६४ नमुनाको परीक्षण गर्दा चार दशमलव ५६ प्रतिशत अर्थात् पाँच सय ३३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख १३ हजार ११ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९४ हजार ६ सय २७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै थप चार सय ९० जना निको भएसँगै काेराेना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९२ हजार दुई सय ७७ पुगेको छ । अहिले देशभर नौ हजार तीन सय १८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यही अवधिमा नौ जना सङ्क्रमितकाे ज्यान गएकाे छ । याेसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय १६ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा थप ६५ हजार २८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म एक करोड ५९ लाख २३ हजार तीन सय नौ मात्रा खोप लगाइएको छ । यसमध्ये ७२ लाख ५३ हजार दुई सय ८५ जनाले पूर्ण मात्रा र ८६ लाख ७० हजार २४ जनाले कम्तीमा एक मात्रा खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*