मलामी गएका एक किशाेर कालीगण्डकीमा बेपत्ता

जनपत्र
१५ कार्तिक २०७८, सोमबार ०६:५३

गुल्मीको कालीगण्डकी नदीमा मलामी गएका एक किशोर नुहाउने क्रममा डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गुल्मीको चन्द्रकोट गाउँपालिका ८ वर्ष १९ का शंकर पौडेल रहेका छन् ।

ती किशोर चन्द्रकोट गाउँपालिका ७ का थानेश्वर न्यौपानेको मलामी गएको अवस्थामा आज आइतवार दिउँसो सत्यवती गाउँपालिका १ अन्तर्गत रुद्रवेणी कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभएको छ ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय जोहाङ्बाट प्रहरी सहायक निरीक्षक लक्ष्मण विकको नेतृत्वमा चार जना र इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक सुबराज बमको नेतृत्वमा सात जना गरी ११ जनाको प्रहरी टोली घटनास्थलमा पुगी पौडेलको खोजी कार्य गरिरहेको छ ।

खोला केही धमिलो र गहिरो भएका कारण खोजी कार्यमा पनि समस्या परेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*