५० रुपैयाँमै सर्वसाधारणका लागि साधारण शेयर निष्काशन प्रक्रिया शुरु

जनपत्र
१५ कार्तिक २०७८, सोमबार ०६:५२

हाथवे इन्भेष्टमेन्ट नेपालले सर्वसाधारणका लागि साधारण शेयर ९आईपीओ० निष्काशन प्रक्रिया शुरु गरेको छ । कम्पनीले १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ जारी गर्न प्रक्रिया शुरु गरेको हो ।
आइतबार कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । आइतबार कम्पनी र क्यापिटलबीच सम्झौता पत्रमा हस्ताक्षर समेत भएको हो ।सम्झौतमा उल्लेख भए अनुसार हाथठवेले प्रतिकित्ता ५० रुपैयाँका दरले नै सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ ।आइतबार हाथवे इन्भेष्टमेन्टको तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाल र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नेपालपेजबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*