जन्मदर्ता गर्दा १० हजार घुस !
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी मटिहानी नगरपालिका महोत्तरी– ५ का वडाध्यक्ष रामबहादुर महतो र सहायक कम्प्युटर अपरेटर अबैुल राइनविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरूले सेवाग्राहीबाट रु १० हजार बराबरको घुस लिँदै गरेको अवस्थामा आयोगले केहीदिन पहिले पक्राउ गरेको थियो ।
जन्मदर्ता जस्तो नियमित कामका लागि आफ्नो पद तथा ओहोदा र अधिकारको दुरुपयोग गरी सेवाग्राहीसँग उनीहरूले घुस मागेको आयोगको आरोप छ । आयोगले आरोपीलाई बिगोबमोजिमको कारबाहीको माग गरेको छ । रासस