नेकपा माओवादी केन्द्र अब नयाँ ढंगबाट अघि बढ्छ–अर्थमन्त्री शर्मा

जनपत्र
१४ कार्तिक २०७८, आईतवार १९:१८

हेटौँडा । नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य एवम् नेपाल सरकारका अर्थमन्त्री जर्नादन शर्मा‘प्रभाकर’ले नेकपा माओवादी केन्द्र अब नयाँ ढंगबाट अघि बढ्ने बताएका छन् ।

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाईसियल) हेटौँडा उपमहानगरपालिकाको अधिवेशनलाई संवोधन गर्दै नेता शर्माले नेकपा माओवादी केन्द्रले नेपाली राजनीतिको नेतृत्व गर्ने बताए ।

माओवादीलाई यो अबधिमा निकै चुनौतीहरु आएको भन्दै सबै चुनौतीहरुलाई परास्त गर्दै अघि बढ्ने उनले बताए । प्रतिगामी तत्वहरु माओवादी पार्टी र प्रचण्ड बिरुद्ध षड्यन्त्रपूर्वक लागेको भन्दै उनले यस्ता षड्यन्त्रलाई परास्त गरेरै अघि बढ्ने उनले बताए ।

अब प्रत्येक गाउँपालिका, नगरपालिकामा ५ सय जना वाईसियलको दस्ता निर्माण गर्ने भन्दै उनले माओवादी विना देश विकास नहुने दाबी गरे । उनले आफुहरुले प्रतिगामी चरित्रको विरुद्ध गरेको आन्दोलनको नेतृत्व गरेको भन्दै अब चाँडै देशको नेतृत्व गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*