नेपाल–भारत सम्बन्ध बलियो बनाउन कलाकारहरूको भूमिका महत्त्वपूर्ण छ : नेता महताे

जनपत्र
१४ कार्तिक २०७८, आईतवार १८:२५

unn.prixa.net

धनुषा – लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपाल–भारत सम्बन्धलाई बलियो बनाउन कलाकारहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

भारतको अयोध्यामा हुने अन्तर्राष्ट्रियस्तरको सांस्कृतिक कार्यक्रममा सहभागिताका लागि जनकपुरको मिथिला नाट्य कला परिषद्का कलाकारहरूको बिदाइ कार्यक्रममा बोल्दै नेता महतोले यस्ताे बताउनुभएको हो ।

उहाँले नेपाल–भारतबीचको संस्कृतिले सम्बन्धलाई बलियो बनाउने काम गरेको पनि उल्लेख गर्नुभयो । राम र सीताबीचको सम्बन्ध रामायणकालीन भएकै कारणले आफूहरूले नेपाल–भारत सम्बन्धलाई बेटीरोटीको सम्बन्ध बताउँदै आएको उहाँले बताउनुभयो ।

वरिष्ठ नेता महतोले सीता विना सम्पूर्ण रामायण नै अपूरो रहेको भन्दै रामायणले नेपाल–भारतको सम्बन्धलाई जोड्नमा सेतुको काम गरेको बताउनुभयो ।

उहाँले मिथिलाको कला क्षेत्र पौराणिक कालदेखि नै उन्नत रहेको बताउँदै यसको विकासमा आफ्नो तर्फबाट हुने सबै प्रकारको सहयोग गर्ने बताउनुभयो । मिथिला नाट्य कला परिषद्ले मिथिला संस्कृति र यसको विकासका लागि खेलिरहेको भुमिका महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*