इटली जान भारतीय प्रधानमन्त्री माेदी चढेकाे विमान पाकिस्तानी हवाई क्षेत्र हुँदै गयाे
काठमाण्डाै : जी–२० देशहरूको सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चढेको विमान शुक्रवार पाकिस्तानी वायु क्षेत्र भएर इटली पुग्याे । फर्कँदा पनि प्रधानमन्त्री मोदी यही बाटो भएर फर्किने भारतीय सञ्चारमाध्यम ले जनाएको छ ।
मिडिया रिपोर्ट्सका अनुसार भारतले इस्लामाबादसँग यसका लागि पहिले नै अनुमति लिएको हो ।
पाकिस्तानको द एक्सप्रेस ट्रिब्यूनको खबर अनुसार, प्रधानमन्त्री नरेन्द्र मोदीको विमान बोइङ ७७७, ३०० ईआर, के ७०६६ बहावलपुरबाट पाकिस्तानी वायु क्षेत्र हुँदै पंजगुर हुँदै इरान र टर्कीको बाटो भएर इटली पुगेको हो ।
सिभिल एभिएशन अथोरिटी (सीएए) का अनुसार भारतीय प्रशासनले पाकिस्तानको विदेश मन्त्रालयसँग प्रधानमन्त्री मोदीको विमानलाई उसको वायु क्षेत्र भएर जानका लागि अनुमति दिन आग्रह गरेको थियो । पाकिस्तानले यो आग्रहलाई स्वीकार गरेको हो ।