आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

जनपत्र
१४ कार्तिक २०७८, आईतवार ०८:२७

काठमाण्डाै – आज देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

चिसो बढ्दै गएकाले यी ठाउँहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय वायुको प्रभावका कारण आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक वा दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना छ । कुनै ठूलो प्रणाली नभित्रिएकाले ठूलो पानी पर्ने वा हिमपात हुने सम्भावना भने छैन ।

बाँकी ठाउँको मौसम सामान्यतया सफा नै रहने उहाँले बताउनुभयो । यसैबीच काठमाण्डौ उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस मापन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*