कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको ज्यान गयाे
काठमाण्डाै – कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको ज्यान गएको छ ।
भजनी नगरपालिका–३ ढुसीका नरेन्द्र निसादका १३ वर्षीय छोरा धनञ्जय र लायकराम चौधरीका १० वर्षीया छोरा अरविन्द्रको काडाँ नदीमा नुहाउने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।