मकवानपुरका स्थानीय तहमा एमालेको अधिवेशनबाट पालिका कमिटीमा को–को छानिए ?

जनपत्र
१३ कार्तिक २०७८, शनिबार १९:५१

हेटौंडा । मकवानपुरका आठ वटा स्थानीय तहमा एमालेको अधिवेशन भएको छ । हेटौंडा उपमहानगरकमिटीमा भएको अधिवेशनले सर्वसम्मत रुपमा सालिकराम पुडासैनीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पुडासैनीको नेतृत्वमा ८५ सदस्यीय उपमहानगर कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा नवराज खतिवडा, सचीवमा बोलबहादुर कार्की, उपसचिवमा उर्मिला श्रेष्ठ, अर्का उपसचिबमा जेन श्रेष्ठ लगायत ८५ सदस्य कमिटी चयन भएको हो ।

यसैगरी नेकप एमाले भिमफेदी गाउँ पालिकाको प्रथम अ‍ेधिबेसनले नयाँ कार्यसमिति चयन गरेको छ । अधिबेशन बाट सर्बसहम अध्यक्षमा सानू थापा मगर चयन हुनु भएको छ । उपाध्यक्ष सिबराज पुडासैनी, सचिवमा शिव रुम्बा, उप सचिबमा कासिराम बज्यु र मंगलादेबी श्रेष्ठ लगायत ५७ सदस्यीय सम्पूर्ण सदस्य कमिटी चयन गरेको हो ।

इन्द्रसरोवर गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले देवकृष्ण पुडासैनीको नेतृत्वमा ६३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । सो कमिटीको उपाध्यक्षमा प्रताप भोम्जन, सचिवमा धनविर स्याङ्तान, उपसचिवमा बैकुण्ठ थापा र उमा लामा चयन भएका छन् ।

राक्सिराङ् गाउँपालिका र कैलाश गाउँपालिकामा यसअघि नै अधिवेशन सम्पन्न भइसकेको छ । विहिबार सम्पन्न अधिवेशनबाट राक्सिराङ गाउँपालिका कमिटीको अध्यक्षमा रोहन लामा सर्वसम्मत चयन भएका थिए । उनको नेतृत्वमो उपाध्यक्ष रंजिता घलान, सचिवमा दिनेश चेपाङ, उपसचिवहरुमा सञ्च बहादुर चेपाङ र दिनेश वाईवा चयन भएका थिए ।

त्यस्तै कैलाश एमालको अध्यक्षमा पुन्य भण्डारी चयन भएका छन् । शुक्रबार भएको पालिका अधिवेशनले भण्डारीको नेतृत्वमा सर्वसम्मत ७५ सदस्सीय पालिका कमिटी निमार्ण गरेको छ । कमिटीको उपाध्यक्षमा छेकु लामा,सचिवमा राजकुमार गोले, उपसचिवहरुमा गौरी बर्तौला र ओम कुमार मोक्तान चयन भएका हुन् ।

नेकपा एमाले मकवानपुरगढी गाउँपालिकाको अधिबेसनले रामजी प्रसाद सापकोटा अध्यक्ष जित बहादुर घीमीरे उपाध्यक्ष ,नानीराम तीमल्सेना सचिब र चन्द्र योन्जन र शारदा तीमल्सेना उप सचिव रहनुभएको ६५ सदस्य कमिटि निर्माण गरेको छ ।

नेकपा एमाले मनहरी गाउँपालिको अध्यक्षमा नविन सुवेदी सर्वसम्मत चयन भएका छन् । शनिबार राति अबेर सम्म भएको पालिका अधिवेशनले सुवेदीको नेतृत्वमा ७५ सदस्सीय पालिका कमिटी निमार्ण गरेको हो । कमिटीको उपसचिवमा भने सहमति हुन सकेको र आज सहमतिमा टुङ्गो लाग्ने अध्यक्ष सुवेदीले जानकारी दिए । उनका अनुसार पालिकाको उपाध्यक्षमा मोहन लाल थिङ र सचिवमा पोषकबाबु विष्ट चयन भएका छन् ।

नेकपा एमाले थाहा नगर कमिटीको अध्यक्षमा अच्युत्तम प्रसाद ढकाल सर्वसम्मत चयन भएका छन् । शनिबार राति अवेर सम्पन्न अधिवेशनले ढकालको नेतृत्तवमा ७५ सदस्सीय पालिका कमिटी गठन भएको छ ।

अध्यक्ष पदका प्रत्यासी सुरेन्द्रमान प्रधान र गुप्त बहादुर कार्कीले उम्मेदवारी फिर्ता लिए पछि ढकाल निर्विरोध चयन भएका हुन् । प्रधानले आफ्नो मन्तव्य राख्दै सबै दलहरुले घेराबन्दीमा पारिरहेको अवस्थामा पार्टीभित्र चुनाव गर्नु अर्को संकट हुने भन्दै पार्टीलाई एक ढिक्का बनाउन आफूले उम्मेदवारी फिर्ता लिएको बताए ।

उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेकोमा दुई जनाले फिर्ता लिदै हेम थिङ निर्विरोध चयन भएका छन् । सचिवमा कुमार नेगी चयन भएका छन् । नेगी एक्लैको उम्मेदवारी परेको थियो । दुई उपसचिवमा सात जनाको उम्मेदवारी परेकोमा सुजन रायमाझी र उत्तम लामिछाने निर्विरोध चयन भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*