तिहारका लागि चिनियाँ व्यापारीले नाकासम्म भेडाच्याङ्ग्रा ल्याइदिए

जनपत्र
१३ कार्तिक २०७८, शनिबार १३:२३

रसुवा – तिहारका लागि चिनियाँ व्यापारीले रसुवागढी नाकासम्म भेडाच्याङ्ग्रा ल्याइदिएका छन् ।

मानिसको आवतजावत रोकेका कारण व्यापारीले नै नाकासम्म भेडाच्याङ्ग्रा ल्याइदिएका हुन् । यस पटक ५० वटा भेडाच्याङ्ग्रा आयात भएको पशु क्वरेण्टीन कार्यालय रसुवाले जनाएको छ । यसअघि दशैँमा पनि व्यापारीले नाकासम्म नै भेडाच्याङ्ग्रा ल्याइदिएका थिए ।’ तिहारका लागि आएका भेडाच्याङ्ग्राको भाउ पनि महँगो परेको छ ।

उतै महँगो परेकाले यसपटक मूल्य बढेको कार्यालय प्रमुख डाक्टर विकास धौवन्जारले बताउनुभयो । ‘व्यापारीले खरिद गर्दा नै प्रति भेडाच्याङ्ग्रा २६ हजार परेको बताएका छन्’, उहाँले भन्नुभयो, ‘यता बिक्री गर्दा महँगो पर्न जान्छ।’ अहिले आएका भेडाच्याङ्ग्रा सानो भएको र सबैको एउटै रेट हुँदा बिक्रीमा समस्या आउने व्यापारीले गुनासो गरेका उहाँको भनाइ छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतबाट हरेक वर्ष भेडाच्याङ्ग्रा आयात हुँदै आएको छ । कोरोना सङक्रमण सुरु हुनुअगाडि नेपाली व्यापारीले केरुङसम्म पुगेर भेडाच्याङ्ग्रा आयात गर्ने गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*