मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर डोटीमा एक महिलाको ज्यान गयो

जनपत्र
१३ कार्तिक २०७८, शनिबार १३:११

डोटी – डोटीको शिखर नगरपालिका वडा नम्बर ९ मा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।

मोबाइल चार्ज गर्ने क्रममा शिखर नगरपालिका-९ मल्लिसाँझकी ३० वर्षीया राधिका रोस्याराको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक एवं सह–प्रवक्ता रवीन्द्र चन्दले जानकारी दिनुभयो । त्यस्तै शिखर नगरपालिका–११ बारपाटामा २० वर्षका शिशिर साउद घाइते भएका छन् ।

घाइते साउदको राजपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*