हेटौंडाको बनेलधपमा तीन करोड लागतमा खानेपानी योजनाको शिलान्यास
![](https://www.janapatra.com/wp-content/uploads/2021/10/IMG_5219-scaled.jpg)
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१४ बनेलधापमा तीन करोड २५ लाख रुपैयाँ लागतमा बृहत खानेपानी योजनाको आज शिलान्यास गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले तीन लाख लिटर अट्ने खानेपानी टंकीको शिलान्यास गर्नुभयो ।
कार्यक्रममा बोल्दै उहाँले पानी टंकी निर्माण भएर घरघरमा वितरण गरेपछी यस क्षेत्रमा खानेपानीको अभाब हट्ने वताउनुभयो । वनेलधापको डाँडामा निर्माण हुने पानी टंकीमा २७ सय मिटर तलबाट बोरिङ गरेर पानी जम्मा गर्ने र वितरण गर्ने तयारी गरिएको छ । वषौं देखिको पानीको समस्या हट्ने भएपछी स्थानीय वासिन्दाहरुले खुसी व्यक्त गरेका छन् ।
जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा पानी टंकी निर्माण र पाइपलाईन विस्तार गर्न लागिएको हो । यो खानेपानी ट्याङ्की निर्माण गर्ने र पाइपलाइन विस्तार भएपछी वनेलधाप र कालापानी क्षेत्रका पाँच सय घरधुरी लाभाव्वीत हुने मेयर महतले वताउनुभयो ।
यतीका ठुलो जनसंख्यालाई पहिले पानीको समस्या थियो । अब भने पानीको समस्या टर्ने छ । यस क्षेत्रका ठुला विकासका पूर्वाधार मध्यमा यो योजना पनि ठुलो योजनाको रुपमा काम भइरहेको हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काले वताउनुभयो । यस क्षेत्रमा सडक पूर्वाधार, खानेपानीका क्षेत्रमा उपमहानगरपालिकाले धेरै काम गरेको अध्यक्ष खड्काले वताउनुभयो ।