एनसेल ‘वर्ल्ड कम्युनिकेशन अवार्ड’ को दुई विधाबाट सम्मानित

जनपत्र
१२ कार्तिक २०७८, शुक्रबार १६:०९

काठमाण्डौ – एनसेल आजियाटा लिमिटेड प्रतिष्ठित ‘वर्ल्ड कम्युनिकेशन अवार्ड २०२१’ को दुई विधा ‘द सोसियल कन्ट्रिब्युशन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’ मा पुरस्कार जित्न सफल भएको छ । कात्तिक ९ (अक्टोबर २६) गते आयोजना भएको टोटल टेलिकम कंग्रेसको एक कार्यक्रममा अवार्डको विजताको घोषणा भएको थियो ।

सन् १९९९ मा सुरु भएको वर्ल्ड कम्युनिकेशन अवार्डले विश्वभरको टेलिकम बजारमा भएको नवीन विकास र उत्कृष्टताका आधारमा विभिन्न कम्पनीलाई सम्मानित गर्दछ । यी दुई सम्मानले एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत समाजमा पुर्याएको योगदान र क्राइसिस रेस्पोन्स अर्थात् विपद् प्रतिकार्य अन्तर्गत कोभिड महामारी, बाढी र भूकम्पजस्ता विभिन्न विपद् तथा सङ्कटको समयमा गरेका योगदानहरूको सराहना गर्दछ ।

स्वास्थ्य, शिक्षा र वातावरणलाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक पहलमार्फत समाजको विकासमा योगदान पुर्याउँदै सरकारलाई दिगो लक्ष्य विकास प्राप्तिमा सहयोग पुर्‍याएबापत एनसेललाई ‘द सोसियल कन्ट्रिब्युशन अवार्ड’ प्रदान गरिएको हो । त्यस्तै कोभिड–१९ महामारी, २०७२ को भूकम्प र २०७१ र २०७४ को बाढीजस्ता विपद्का समयमा सरकार र समुदायलाई पुर्‍याएकाे सहयोगको कदर गर्दै एनसेललाई ‘क्राइसिस रेस्पोन्स अवार्ड’ प्रदान गरिएको हो । वर्ल्ड कम्युनिकेशन अवार्डमा क्राइसिस रेस्पोन्स अवार्डको विधा यसै वर्षदेखि मात्र राखिएको हो र एनसेलले विश्वका अन्य प्रतिस्पर्धीलाई पछि पार्दै यो अवार्ड जित्न सफल भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*