मकवानपुरगढी–५ धादिङ्गमा अस्थायी प्रहरीचौकी उद्घाटन्

जनपत्र
१२ कार्तिक २०७८, शुक्रबार ११:२४

हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ धादिङ्गमा अस्थायी प्रहरीचौकीको आज उद्घाटन् गरिएको छ । स्थानीय स्तरमानै पुगेर आम नागरिकलाई सुरक्षा दिने उदेस्यले अस्थायी प्रहरीचौकी स्थापना गरिएको हो । महिला कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो भवन प्रहरीचौकी राख्नका लागि उपलब्ध गराएको हो ।

प्रहरीचौकीको उद्घाटन् गर्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले गाउँमा भएका बिक्रीती विसंगतीको अन्त्य गर्नका लागि प्रहरीचौकीले महत्वपूर्ण काम गर्ने वताउनुभयो । आम नागरिकको साथ पाएमा प्रहरीलाई काम गर्न सहज हुने वताउनुभयो । नजिकै प्रहरी चौकी भएकै कारण आपराधिककृयाकलाप रोक्न सकिने वताउनुभयो ।

गाउँमै प्रहरीचौकी स्थापना भएपछी टोलटोलका किराना पसलमा बिक्री हुने घरेलुमदिराका कारण दिनहुँ हुने समस्याहरु अन्त्य हुने स्थानीय वासिन्दाहरुले विश्वास गरेका छन् । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ का वडा अध्यक्ष जितबहादुर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्रसिंह राठोर, मकवानपुरगढी ६ का वडा अध्यक्ष टिका दाहाल लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*