बागमती प्रदेशमा मन्त्रालय फुटाएर गठवन्धनलाई भागवण्डा मिलाउने तयारी

जनपत्र
१२ कार्तिक २०७८, शुक्रबार १०:५२

हेटौंडा । बागमती प्रदेशमा पाँच दलिय गठवन्धनलाई मन्त्रालयहरुको भाग पुर्याउनका लागि मन्त्रालयहरु फुटाउने तयारी भएको छ । बिहीबार मात्र सपथग्रहण गर्नु भएका प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रालय फुटाएर गठवन्धन दललाई भागवण्डा मिलाउन लाग्नु भएको हो ।
मुख्यमन्त्री पाण्डेले विस्वासको मत लिएर मात्र थप मन्त्रीहरु नियुक्त गर्ने तयारी थाल्नु भएको छ । तिहार लगतै विस्वासको मत लिने त्यसपछी मन्त्रीहरु नियुक्त गर्ने तयारी भएको हो ।

यसअघिनै सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय पनि छुट्टै वनाइएको छ । अब अरु मन्त्रालय पनि फुटाएर मात्र मन्त्रीपरिषद गठन गर्ने तयारी गरिएको हो । तिहार लगतै केही मन्त्रालयहरु फुटाएर मन्त्रीपरिषद् विस्तार गर्ने तयारी भएको प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले वताउनुभयो ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्उवस्था कृषि तथा सहकारी मन्त्रालय फटाउने तयारी गरिएको हो । पाँच दलिय ठगवन्धनमा मन्त्रालयको भाग पुर्याउनकै लागि मन्त्रालय फुटाउन लागिएको हो ।

निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको राजीनामासँगै बागमतीमा गठबन्धनमा रहेका माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादी र जनता समाजवादीको गठबन्धन सरकार निर्माण भएको छ । एकीकृत समाजवादीका नेता पाण्डेको नेतृत्वमा बनेको सरकारमा सहभागी कांग्रेसले सत्तारोहणलाई अवसर र चुनौती दुवैका रूपमा हेरेको छ ।

‘धेरै अवसर थोरै चुनौतीका रूपमा हामीले यसलाई लिएका छौं,’ कांग्रेस सचेतक छिरिङ दार्जे लामाले भभन्नुभयो, ‘प्रतिपक्षमा बसेर लामो समय सरकारले गरेका गल्ती, कमीकमजोरीलाई सूक्ष्म ढंगले औंल्याइरहेका थियौं । अब सरकारमै रहेर समस्या समाधान गर्न प्रयास गर्नेछौं ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*