सप्तरीमा बाढीमा बगेर बेपत्ता भएका युवककाे शव नौ दिनपछि भारतमा भेटियाे

जनपत्र
११ कार्तिक २०७८, बिहीबार १४:३८

सप्तरी – सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ बैरियाघाटमा बाढीले कटान गरेको सडक तर्ने क्रममा बेपत्ता भएका युवकको शव फेला परेको छ ।

वर्षासँगै जिता खोलामा आएको बाढीले दशजग्गा क्षेत्रमा रहेको सडक कटान भएको थियो । गएकाे कात्तिक ३ गते सडक तर्ने क्रममा त्यही नगरपालिका ९ का २३ वर्षीय लालु भन्ने जितेन्द्र मण्डल बेपत्ता भएका थिए ।

आज बिहीवार ती युवककाे शव भारतको कुनौलीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयाे ।

‘युवक बेपत्ता भएसँगै हामीले खोजी गरिरहेका थियाैँ । युवक बगेर भारततर्फ पुगेको हुन सक्ने शङ्कामा हामीले भारततर्फका सुरक्षाकर्मीलाई पनि खोजीका लागि आग्रह गरेका थियौँ’, उहाँले भन्नुभयाे, ‘आज उनको शव कुनाैलीमा फेला परेको हो ।’

अब शव नेपाल ल्याउन समन्वय भइरहेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिनुभयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*