मकवानपुरमा दुई महिनामा गाँजा सहित ३६ जना पक्राउ

हेटौंडा / मकवानपुर प्रहरीले पछील्लो समयमा लागूऔषध गाँजा ठुलो परिणाममा बरामद गर्न सफल भएको छ । मकवानपुरका सडक भएर भारत निकासी गर्न लागिएको गाँजा प्रहरीले बरामद गर्दै आएको हो । पछील्ला बर्षहरुमा मकवानपुर लागूऔषध ओसार पसारका लागि ट्रान्जिटपोइट जस्तै भएको छ । भारतबाट बिभीन्न नाका पार गर्दै सिरिन्ज प्रकारका लागूऔषध मकवानपुर भित्रने र मकवानपुरको सडक भएर गाँजा, चरेस लगायतका लागूऔषध भारत निकासी हुने गरेको छ ।
मकवानपुर, धादिङ लगायतका जिल्लाको बिकट गाउँमा उत्पादन भएको गाँजा तस्करले भारत निकासी गर्ने गरेको छ । तर, पछील्लो समयमा मकवानपुर प्रहरीको सक्रियताका कारण निकासी गर्न लागिएको गाँजा भारतिय गाडी सहित बरामद गरिएको छ । बितेको चैत र बैशाख महिनामा मात्र प्रहरीले मकवानपुरका बिभीन्न स्थानबाट गाँजा ओशार पसार गर्नेे ३६ जनालाई प्रहरीले पक्राउ गरेको छ । त्यसैगरी उनीहरुले निकासी गर्न लागिएको ७ सय ५६ केजी गाँजा पनि बरामद गरेको छ । गाँजा निकासी गर्न लागिएको ७ वटा गाडी पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।
दुईमहिनाको बिचमा मात्र गाँजा सहित पक्राउ परेका २६ जना नेपाली पुरुष रहेका छन् । भारतिय नागरिक पनि १० जनालाई पक्राउ गरिएको एसपी सिंङले बताउनुभयो । बैशाख महिनाको तुलनामा चैत महिनामा मात्र २४ जनालाइ पक्राउ गरेको छ । बैशाख महिनामा भने गाँजा सहित १२ जनालाई पक्राउ गरिएको एसपी सिंहले बताउनुभयो । लागूऔषध गाँजा ओसार पसारमा तस्करले बडी जसो भारतिय गाडीको प्रयोग गर्दै आएको छ । भारतिय गाडीमा फल्सबटम बनाएर गाँजा निकासी गर्ने क्रममा धेरैजसो बरामद गरिएको पाइएको छ ।