निमाेनिया देखिएपछि मन्त्री झाँक्री अस्पताल भर्ना

जनपत्र
११ कार्तिक २०७८, बिहीबार १३:३२

काठमाण्डाै – सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्वस्थ हुनुभएको छ । निमोनिया र ज्वरो आएपछि उहाँलाई हिजाे बुधवार साँझ वीर अस्पतालमा भर्ना गरिएको उहाँका सहयोगी फुर्वा तामाङले जानकारी दिनुभयो ।

सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री गएकाे सोमवारदेखि नै मन्त्रालय जानुभएको थिएन, सहयोगी तामाङले भन्नुभयो, हिजो स्वास्थ्य परीक्षण गराउँदा उहाँमा निमोनिया देखियो । अहिले अस्पतालमा उपचार गराइरहनुभएको छ ।

मन्त्री झाँक्रीको स्वास्थ्यमा सुधार भइरहेको सहयाेगी तामाङले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*