प्रतिनिधि सभाको बैठक बस्दै

जनपत्र
११ कार्तिक २०७८, बिहीबार १३:०८

काठमाण्डाै – प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

गएको मङ्गलवार बस्ने भनिएको बैठक नेकपा एमालेको पालिका तहको अधिवेशन परेका कारण स्थगित गरिएको थियो । प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको छ । आजको बैठकमा पनि अवरोध गर्ने एमालेको तयारी छ ।

एमालेले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको सूचना सभामुखले नटाँसेर पक्षपातपूर्ण व्यवहार गरेको भन्दै संसद् बैठक अवरोध गर्दै आएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*