महोत्तरीको गौशालामा नक्कली नोटसहित एक जना पक्राउ

जनपत्र
११ कार्तिक २०७८, बिहीबार १३:०३

महोत्तरी – महोत्तरीको गौशालामा नक्कली नोटसहित एक जना पक्राउ परेका छन्।

प्रहरीले गौशाला बजारबाट ८ लाख ९७ हजार ४ सय ३५ नेपाली रुपैयाँ र २ लाख ८० हजार ९ सय २९ भारतीय रुपैयाँसहित गौशाला नगरपालिका-९ डुवरबन्नाका सुकन महतोलाई पक्राउ गरेको हो ।

सुकन तरकारी व्यापारी हुन् । तरकारी किन्ने गर्ने क्रममा किसानलाई नक्कली नोट दिएपछि घटना बाहिर आएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । आजै जलेश्वरमा पत्रकार सम्मेलन गरी पक्राउ परेकाबारे सार्वजनिक गरिने तयारी भएको प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*