हेटौंडाको पदमपोखरीमा बजार अनुगमन,म्याद नाघेका सामान जफथ

जनपत्र
११ कार्तिक २०७८, बिहीबार ११:१९

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१३ वनस्पतीमा बजार अनुगमन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको नेतृत्वमा बजार अनुगमन गरिएको हो । हेटौंडाको मुख्य बजार क्षेत्रमा भन्दा पनि हेटौंडामा पछी थपीएका साविकका गाबिस क्षेत्रमा अनुगमन गरिएको हो । दैनिक उपभोग्य खाद्यय पदार्थमा गुणस्तरियता छकी छैन, बिक्री गर्दा उपभोक्ताहरु ठगिएका छन्की छै्रनन् भनेर अनुगमन गरिएको छ ।

उपमहानगरपालिकाका सामाजिक बिकास महासाखाका प्रमुख विष्णु कुमारी लामिछानेको नेतृत्वमा पदमपोखरीका ११ वटा पसलमा अनुगमन गरिएको हो । यहाँका नौ वटा किराना पसल, एक वटा बेकरी उद्योग र एउटा खाजा पसलको अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा कोकाकोला, ड्यु, मसला, जुसहरु, चाउमिन, मिक्स जाम लगायतका सामानको म्याद सकिएपनि पसलमा बिक्रीका लागि राखिएकाले ती सामानहरु जफत गरिएको छ । हेटौंडाका टोलटोलका पसलहरु दर्ता नहुने, म्याद सकिएपनि बिक्रीका लागि राख्ने लगायतका समस्याहरु रहेको पाइएको छ ।

लामिछानेको नेतृत्वको अनुगमनमा उपमहानगरपालिकाका जनप्रतिनिधिहरु महेश्वरमान श्रेष्ठ, चमेलीमायाँ सिंजाली, घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका लेखमान राउत, उपभोक्ता हित संरक्षण मन्चका बासु प्रसाद खतिवडा, खाध्यप्रबिधि तथा गुण नियन्त्रण कार्यालय मकवापनुरका सृजना महर्जन, उपमहानगरपालिकाका खाध्यनिरीक्षक एलिना न्यौपाने लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*