म्यानमारमा सैन्य सत्ताको विरुद्ध विरोध बढ्दै

जनपत्र
११ कार्तिक २०७८, बिहीबार ०१:१४

काठमाण्डाै – म्यानमारमा सैन्य सत्ताको विरुद्ध विरोध बढ्दै गएको छ । कयौँ ठाउँमा प्रदर्शनहरु भएका छन् भने कतिपय ठाउँमा बम विस्फोटका घटनाहरु भएका छन् ।

हिजो मात्रै प्रहरी कार्यालय आसपासका पाँच ठाउँमा बम विस्फोट भएको  बीबीसीले जनाएको छ ।

अपर बर्मा बताउने एक समूहले बम विस्फोटको जिम्मा लिएको छ । बम विस्फोटको घटनामा संलग्न भएका केहीलाई  प्रहरीले पक्राउ गरेको छ ।  संयुक्त राष्ट्र सङ्घले र अन्य पर्यवेक्षकहरुले  बढ्दै गएको अशान्तिले  म्यानमारमा  गृह युद्ध हुन सक्ने भन्दै चेतावनी दिएको छ ।

गएको फेब्रुअरीमा निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएपछि म्यानमारमा विरोध प्रदर्शनहरू हुँदै आएका छन्  । यो क्रममा  हजारौँ मानिसहरू पक्राउ परेका छन् भने सयौँको ज्यान गइसकेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*