बागमती प्रदेशमा आधा आधा सरकारको नेतृत्व गर्ने सहमती भएको छैन–राजेन्द्र पाण्डे
हेटौंडा । एकीकृत समाजबादीका नेता तथा बागमती प्रदेशका संसदीय दलका नेता राजेन्द्र पाण्डेले नेपाली काग्रेश र एकीकृत समाजबादीका विचमा प्रदेश सरकारको नेतृत्व आधा आधा गर्ने सहमती नभएको वताउनु भएको छ ।
प्रदेशसभा प्राङ्गनमा संचारकर्मीहरुसंग कुराकानी गर्दै उहाँले आधा आधा सरकारको नेतृत्व गर्ने भन्ने सहमती कही पनि नभएको वताउनुभयो । उहाँले भन्नुभयो–‘बागमती सरकारको नेतृत्व काग्रेश र एकीकृत समाजबादी पाटीने आधा आधा गर्ने सहमती भएकै छैन । कसले आफुलाई कहाँ सजिलो लाग्छ त्यही भनेको होला तर, सहमती भएको छैन ।’
नेपाली कागेशका एक सांसदले भने प्रदेश सरकारको नेतृत्व बाकी समयको आधा आधा गर्ने सहमती भएको वताउनुभयो । भावि मुख्यमन्त्री पाण्डेले गरेको सहमतीलाई कसरी होइन भन्नुभयो भनेर भन्न सक्नुभयो ? काग्रेश सांसदले प्रश्न गर्नु भएको छ । यसअघि पाण्डेका लागि मुख्यमन्त्रीका लागि स्वीकार गर्दा आधा आधा समय प्रदेश सरकारको नेतृत्व गर्ने सहमतीमा मात्र छोडिएको काग्रेशले वताउँदे आएको छ ।
अबको बाँकी समय आफ्नै नेतृत्वको सरकार रहने उहाँले वताउनुभयो । अब प्रदेशसभा सदस्यहरुको चुनाब नहुन्जेल सम्मका लागि आफ्नै नेतृत्वको सरकार रहने तर्फ उहाँले संकेत गर्नुभयो । यसअघि नेपाली काग्रेश बागमती प्रदेशका संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले भने आधा आधा समय प्रदेश सरकारको नेतृत्व गर्ने सहमतीमा मात्र पाण्डेलाई मुख्यमन्त्री बन्नका लागि बाटो खोलिदिनिु भएको हो ।