अल्मुतारी थप तीन वर्षका लागि कोचका रुपमा नेपालमा रहने
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी थप ३ वर्ष नेपालमै रहने भएका छन् । अलमुताइरीले सामाजिक सञ्जालमार्फत् थप ३ वर्ष टोलीको प्रशिक्षणको जिम्मेवारी सम्हाल्ने जानकारी गराएका हुन् ।
कतारमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फूटबल संघसँग भएको छलफलपछि नेपाली टोलीसँग सम्झौता थप गर्ने निर्णयमा पुगेको उनले बताए । अब छिट्टै २ वर्षको योजना प्रस्तुत गर्ने योजना रहेको उनले बताए ।
यसबीचमा नेपालले एएफसी एसियन कपको तेस्रो चरण खेल्ने तालिका पनि छ । कतार फूटबल संघको सहयोगमा गत चैतमा नेपाल आएका अलमुताइरीले नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको उपविजेता बनाएका थिए ।