महकाली नदीमा डुङ्गा पल्टिदा एकको मृत्यु, एक बेपत्ता
नेपालबाट भारत जाँदै गरेको १० जना सवार डुङ्गा महाकाली नदीमा पल्टिदा एक बालको मृत्यु भएको छ । बैतडीको शिवनाथ गाउँपालिका–१, खाँड स्थित महाकाली नदीको नङरौं घाटमा डुङ्गा पल्टिदा एक जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार डुङ्गा बुधबार साँझ ६ः३० बजे बैतडीको शिवनाथबाट महाकाली नदी तरेर भारत जाँदै गर्ने क्रममा पल्टिएको हो ।