टी–ट्वान्टी विश्वकप क्रिकेटमा नामिबियाको ऐतिहासिक जित
नामिबियाले विश्वकप क्रिकेटमा सुपर–१२ पहिलो जित निकालेको छ । विश्वकप क्रिकेटमा नामिबियाले सुपर–१२ मा इतिहासमै पहिलो जित निकालेको हो । आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर–१२ मा डेब्यु खेलमा नामिबियाले स्कटल्यान्डलाई ४ विकेटले हराएको हो ।
पहिलो चरणमा आयरल्यान्ड र नेदरल्यान्ड्सलाई पराजित गर्दै सुपर–१२ मा प्रवेश गरेको नामिबियाले सुपर–१२ को पहिलो खेलमा स्कटल्यान्डलाई पराजित गरेको हो । स्कटल्यान्डले दिएको १०९ रनको लक्ष्य नामिबियाले १९ ओभर १ बलमा ६ विकेट गुमाउँदै ११५ रन बनायो । नामिबियाका लागि जेजे स्मिथले ३२ रन बनाए । त्यस्तै कार्गिल विलियम्सले २३ रन बनाउँदा भान लेन्गेले १८ रन बनाए ।
बलिङतर्फ स्कटल्यान्डका लागि मिचेल लेक्सले दुई विकेट लिए । त्यस्तै बार्ड वेल, साफयन सारिफ, क्रिस ग्रेभास र मार्क वाटले समान एक–एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २ं० ओभरमा ८ विकेट गुमाएर १०९ रन बनायो ।
स्कटल्यान्डका लागि मिहेल लेकाले ४४ रन बनाए । त्यस्तै माथे क्रोसले १९ रन बनाउँदा क्रिस ग्राभेसले २५ रनको योगदान गरे । सुपर–१२ मा पहिलो जित निकालेको नामिबियाले २ अंक जोडेको छ । यता स्कटल्यान्डको लगातार दोस्रो हार हो ।