मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण गुप्ता अग्रवाल विजयी
हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनबाट अध्यक्ष पदमा कृष्ण कुमार गुप्ता अग्रवाल निर्वाचित भएका छन् । मंगलबार सम्पन्न मतदान प्रकृया अन्तर्गत आज सम्पन्न मतगणना अनुसार मकवानपुर उद्योग वाणिज्य संघको आगामी कार्यकालको लागि अध्यक्ष पदमा अग्रवाल निर्वाचित भएका हुन।
अग्रवालले १२४६ मत प्राप्त गर्दा अध्यक्षका अर्का उम्मेदवार राजकुमार न्यौपानेले ११५५ मत प्राप्त गरेका छन । अग्रवाल र न्यौपाने बीचको मतान्तर ९१ रहेको छ । अध्यक्ष पदका लागि कृष्ण कुमार गुप्ता अग्रवाल र राजकुमार न्यौपाने प्यानलनै घोषण गरेर चुनावी मैदान थिए।