९४ ताेला चाँदीसहित माेरङमा एक जना पक्राउ
मोरङ – माेरङकाे छालगाछीबाट बिल नभएकाे ९४ ताेला चाँदीसहित एक जना पक्राउ परेका छन् ।
रतुवामाई नगरपालिका ३ छालगाछीका ३० वर्षीय धर्बेन्द्र शर्मालाई हिजाे मङ्गलवार बेलुकी पक्राउ परेका प्रहरीले जनाएकाे छ । प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चाँदीको तार बनाइ ल्याएको अवस्थामा शर्मा पक्राउ परेका हुन् ।
बरामद चाँदीसहित उनलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय रानी विराटनगर पठाइएकाे प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।