ओलीलाई देउवाको जवाफ : परमादेश दिने सबै न्यायाधीश हटाउनुपर्छ भन्नु गैरजिम्मेवार
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा पुनर्स्थापनाको आदेश दिने सबै न्यायाधीशको राजीनामा दिनुपर्छ भन्ने गैरजिम्मेवार अभिव्यक्ति भएको बताएका छन् ।
बुधबार नेपाल तरुण दलले गरेको कार्यक्रममा देउवाले भने, परमादेश ल्याउने सबैलाई हटाउनुपर्छ भन्ने गैर जिम्मेवार कुरा गर्नु उचित हुँदैन ।’ संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरुले गरेको भन्दै उनले त्यसको विरोध नगर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सचेत गराएका छन् ।