बागमतीका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा प्रदेश प्रमुख समक्ष राजिनामा दिदै

हरि हुमागाईं
१० कार्तिक २०७८, बुधबार १२:५३

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज पदबाट राजिनामा दिदै हुनुहुन्छ । मुख्यमन्त्री शाक्यले प्रदेशसभा सचिवालयमा विस्वासको मत नपाउने निस्चित जस्तै भएपछी उहाँले पदबाट राजिनामा दिने तयारी गर्नु भएको हो । उहाँले आज संसदका लागि तोकिएको समय दिउसो १ बजे भन्दा अगाबै प्रदेश प्रमुख यादब चन्द्र शर्मा समक्ष राजीनामा दिने तयारी गर्नु भएको हो ।
प्रदेशसभामा पाँचदलिय गठवन्धनको सरकार गठन गर्नका लागि बाटो खुल्ला गरिदिन पनि उहाँले राजिनामा दिन लाग्नु भएको हो । प्रदेशमा एकीकृत समाजबादीका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा बागमती प्रदेश सरकार गठन हुने भएको छ । उहाँको पाटीसंगै नेपाली काग्रेश, नेकपा माओबादी लगायतका दलको सहभागितामा बागमती प्रदेश सरकार गठन हुन लागेको हो ।
वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको प्रस्तावमा बुधबार प्रदेशसभामा मतविभाजन गरिने कार्यतालिका थियो । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत विभाजनका गर्न सबै तयारी पूरा गरिएको भएपनि राजीनामा दिएर नयाँ सरकार गठन गर्नका लागि उहाँले बाटो खोलीदिनु भएको हो । मुख्यमन्त्री शाक्यले राखेको विश्वासको प्रस्ताव गत ४ मा प्रदेशसभामा टेबुल गरिएको थियो । सत्तारूढ एमाले र विपक्षी गठबन्धनको आन्तरिक विवादका कारण सभामुख सानुकुमार श्रेष्ठले मत विभाजन प्रक्रिया दुई पटक सार्नु भएको थियो । प्रदेशसभामा हाल सत्तापक्ष एमालेका ४३ सांसद छन् ।
विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका १ सांसद छन् । त्यसबाहेक विवेकशील साझाका ३, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) र राप्रपाका २ जना छन् । विश्वासको मतका लागि ५५ सांसद चाहिन्छ । विश्वासको मतमा नपुग्ने भएपछी नयाँ सरकार गठनका लागि सहज पार्न पनि राजिनामा दिन लाग्नु भएको हो ।
विपक्षी गठबन्धनले एकीकृत समाजवादीका संसदीय दल नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका रूपमा अगाडि बनाउने निर्णय गरिसकेको छ । वाग्मतीमा एकीकृत समाजवादी र कांग्रेसले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति पनि भएको छ । एमालेका १३ सांसदले नवगठित एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा पर्नु भएको छ । मुख्यमन्त्री शाक्य भदौ २ मा नेपालकै पहिलो महिला मुख्यमन्त्री बन्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*