सुनकाे भाउ ताेलामा ६ सयले घट्याे

जनपत्र
१० कार्तिक २०७८, बुधबार १२:४५

काठमाण्डाै – केही दिन अगाडि लगातार बढेको सुनको भाउ आज भने घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा छ सय रुपैयाँले घटेको हो ।

सुन आज तोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज  चाँदीको भाउ पनि घटेको छ । १५ रुपैयाँ घटेर चाँदीको भाउ तोलामा १२ सय ५० रुपैयाँमा झरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*