‘प्लान्टेशन’ क्षेत्रमा मलेसियाले विदेशी श्रमिक लिने

जनपत्र
१० कार्तिक २०७८, बुधबार १२:०८

काठमाण्डौ – मलेसियाले झण्डै १६ महिनापछि कोरोना महामारीको कारण विदेशी श्रमिकको आवागमनमा लगाएको प्रतिबन्ध हटाउने भएको छ ।

मलेसियाका प्रधानमन्त्रीले स्माइल साबरी याकोबले विदेशी श्रमिक र मलेसियाका केही स्थान विदेशी पर्यटकका लागि खुला गर्ने बताउनुभएको खबर रोयर्टस्ले लेखेको छ ।

‘विशेष सावधानी अपनाएर विदेशी श्रमिक मलेसिया ल्याउन महामारी व्यवस्थापन विशेष कमिटी सहमत भएको छ, अहिले विशेष गरी प्लान्टेशन क्षेत्रको आवश्यकता पूरा गर्नको लागि विदेशी श्रमिकको आवागमन खुला गरिनेछ,’ उहाँले भन्नुभएको छ । तर मलेसियाले अन्य क्षेत्रमा विदेशी श्रमिक लैजाने विषयमा भने अहिले पनि कुनै निचोड निकालेको छैन ।

रबर ग्लोभ्स उद्योगहरूले पनि मलेसिया सरकारसँग विदेश श्रमिकलाई ल्याउने अनुमति मागिरहेका छन् ।

थप श्रमिक नल्याएमा यस वर्ष र आउँदो वर्षको माग अनुसार उत्पादनमा समस्या हुने उद्योगले बताइरहेका छन् ।

यस्तै मलेसियाले नोभेम्बरको मध्यबाट केही क्षेत्र विदेशी पर्यटकका लागि खुला गर्ने भएको छ । मलेसियाले कोरोना विरुद्धको खोप लगाएका  र उच्च स्तरका पर्यटकको आवागमनलाई प्राथमिकता दिने छ । जसबाट कोरोना महामारीबाट खस्किएको अर्थव्यवस्थामा सहयोग पुग्ने मलेसियाको अपेक्षा छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*