अमेरिकामा ५ वर्षमाथिका बालबालिकालाई काेराेना विरुद्धकाे फाइजर खाेप दिने तयारी

जनपत्र
१० कार्तिक २०७८, बुधबार ०९:४९

काठमाण्डाै – अमेरिकामा कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेक खोप पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई दिन स्वीकृत गर्ने तयारी भएको छ ।

अमेरिकी सरकारको प्यानलले फाइजर खोप पाँच वर्ष वा त्यो भन्दा माथिल्लो उमेरका बालबालिकाका लागि पनि स्वीकृत गर्ने पक्षमा मतदान गरेको छ । फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) का विज्ञहरुले हिजो खोपलाई स्वीकृति प्रदान गर्ने पक्षमा आफ्नो मत दिएका हुन् । योसँगै अबको केही हप्ता भित्रै पाँचदेखि ११ वर्षसम्मका बालबालिकाका लागि खोपको आकस्मिक प्रयोगको स्वीकृति प्रदान गर्ने मार्ग प्रशस्त भएको छ ।

नाेभेम्बरकाे पहिलाे हप्ता मै खाेपकाे लागि स्वीकृति मिल्ने जनाइएकाे छ । बालबालिकालाई वयस्कलाई दिइने खाेपकाे मात्राकाे एक तीहाइ मात्र दिइने छ । यसबाट दुई कराेड २० लाख भन्दा बढी बालबालिका लाभान्वित हुने पनि जनाइएकाे छ ।

गएको सेप्टेम्बरमा खोप उत्पादक कम्पनीले आफ्नो परीक्षणमा फाइजर खोप पाँचदेखि ११ वर्षका बालबालिका लागि सुरक्षित र प्रभावकारी भएकाे पाइएको उल्लेख गरेको थियो ।  अमेरिकाले यसअघि नै फाइजर खोप १२ वर्ष र त्याे भन्दा माथिको उमेरका बालबालिकालाई खोप दिइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*