महाअभियोगको पक्षमा छैन, अरूले लगाए भने थाहा छैनः प्रधानमन्त्री देउवा

जनपत्र
१० कार्तिक २०७८, बुधबार ०८:०६

नेपाली कांग्रेस महाअभियोगको पक्षमा आफू र आफ्नो पार्टी नरहेको पार्टी सभापति तथा एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । पार्टीको १४औं महाधिवेशनका विषयमा मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित पदाधिकारी र निर्वाचन समितिको बैठकमा देउवाले यस्तो बताएका हुन् ।

छलफल सकिएपछि उप–सभापति विमलेन्द्र निधिले प्रधानन्यायाधीशका विषयमा उठेका प्रश्नमा दलहरूको मौनतामा चासो राखेका थिए । जवाफमा देउवाले आफूलाई राणाले पदबाट राजीनामा नदिने बताएको पनि जानकारी गराएका थिए ।

‘प्रधानन्यायाधीशबाट राजीनामा दिन्नँ भन्ने कुरा आएको छ, ‘देउवालाई उद्धृत गर्दै एक नेताले भने, ‘हामी महाअभियोगको पक्षमा छैनौं । अरूले लगाए भने थाहा छैन ।’ नागरिक दैनिकको ‘कांग्रेस महाअभियोगको पक्षमा छैन’ शीर्षक समाचारमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*