इन्जिनियरिङको छात्रवृति पहुँचवालाको खल्तीमा

जनपत्र
१० कार्तिक २०७८, बुधबार ०८:०२

इन्जिनियरिङ, कृषि, भेटेरेनरीलगायतका प्राविधिक विषय अध्यापन गराउने निजी शैक्षिक संस्थाले एमबिबिएसमा जस्तै १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था छात्रवृत्ति ऐनमै उल्लेख छ । विदेशी लगानीका कलेजको हकमा २० प्रतिशत छात्रवृत्ति कोटा निर्धारण गरिएको छ ।

तर, शिक्षा मन्त्रालयमा छात्रवृत्ति कोटा उपलब्ध गराउनुपर्ने र मन्त्रालयले परीक्षा लिएर मेरिट तथा समावेशीका आधारमा विद्यार्थी मनोनयन गर्नुपर्नेमा अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । इन्जिनियरिङका कार्यक्रम सञ्चालनका लागि ५३ स्वदेशी र विभिन्न प्राविधिक विषयका लागि ८० भन्दा बढी विदेशी लगानीका निजी शैक्षिक संस्थाले अनुमति दिएका छन् ।

तर, यी कुनै पनि संस्थाबाट सरकारले विद्यार्थी छनोट गरेर छात्रवृत्तिमा अध्ययनका लागि पठाएको छैन । यस्तो मामनैजीकै कारण स्वदेशी तथा विदेशी सम्बन्धनमा सञ्चालन भएका इन्जिनियरिङ कलेजमा एक हजार एक सयभन्दा बढी लक्षित विद्यार्थी (छात्रा, गरिब, जेहेनदार तथा पिछडिएका) छात्रवृत्ति पाउनबाट वञ्चित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*