माछापुच्छ्रे कृति क्यापिटलको आज एजीएम, सेयरधनीलाई लाभांश
माछापुच्छ्रे कृति क्यापिटलको दोस्रो वार्षिक साधारण सभा आज बुधबार कात्तिक १० गते बस्ने भएको छ । सभामा १३।४५ लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । कम्पनीले गत वर्षको नाफाबाट ७५ बोनस सेयर र कर प्रयोजन सहित ६।४५ नगद लाभांश वितरण गर्न लागेको हो । सभा एम्बेस्सी रेष्टुरेन्ट पानीपोखरी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७७–७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि हुनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।