मकवानपुर उद्योग वाणिज्य संघमा उद्योग तर्फको उपाध्यक्षमा प्रमोद सिंह रानाभट विजयी
हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको उद्योग तर्फको उपाध्यक्षमा प्रमोद सिंह रानाभट विजयी हुनु भएको छ । ३७० मत प्राप्त गर्दै विजयी हुनु भएको हो । निकटतम प्रतिद्धन्दी प्रतिमा श्रेष्ठले भने ३१९ मत प्राप्त गर्नु भएको छ ।
यसैगरी सदस्यहरुमा नरेन्द्र भण्डारी,रुपकराज दाहाल, श्रीकृष्ण कर्माचार्य र सन्तोषकुमार अर्याल विजयी हुनु भएको छ । मकवानपुर उद्योग बाणिज्यसंघको चुनाबमा वस्तुगत तर्फको उपाध्यक्षमा राजु अधिकारी विजयी हुनु भएको छ । यसैगरी एसोसीयट तर्फको उपाध्यक्षमा उज्वल चौलागाईं बिजयी हुनु भएको छ । वस्तुगतमा अधिकारीले १८ मत पाएर विजयी हुनु भएको हो । उपाध्यक्ष पदका अर्का उम्मेदवार काव्यमणि अधिकारीले ११ मत प्राप्त गर्नु भएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघ मतगणनामा एसोसियट उपाध्यक्षमा उज्वल चौलागाई निर्वाचित हुनु भएको छ । निर्वाचनमा अर्का उम्मेदवार विष्णु खनाललाई हराउदै चौलागाई एसोसियट उपाध्यक्षमा चौलागाई निर्वाचित हुनु भएको हो । चौलागाईले ६३ मत प्राप्त गर्दा खनालले ५० मत प्राप्त गर्नु भएको छ । त्यसैगरी एशोसिएट सदस्यमा अंकिता सुमार्गी, गणेशप्रसाद भेटुवाल र राजाराम कार्की र दिपक उप्रेती निर्वाचित हुनु भएको छ ।