सांग्रिला बैंक हेटौंडा शाखाद्वारा आधुनिक माविमा वित्तिय साक्षरता कार्यक्रम
हेटौंडा/सांग्रिला डेभलोप्मेन्ट बैंक हेटौंडा शाखाले १७ औँ वार्षिक उत्सबको अवसरमा आज (मंगलबार) हेटौंडाको आधुनिक राष्ट्रिय माध्यमिक बिद्यालयमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
बिद्यालयका कक्षा १० मा अध्ययनरत बिद्यार्थीहरुलाई लक्षित गरी वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गरेको हो । बैंकको बार्षिक उत्सबको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तरगत देशभरका शाखाहरुले बिभिन्न कार्यक्रमहरु गरिरहेका छन् । जस अन्तरगत हेटौंडा शाखाले आज वित्तिय साक्षरता कार्यक्रम गरेको हो ।
बैंकको १७ औँ वार्षिक उत्सवको दिन कार्तिक १३ गते हेटौंडा सामुदायिक आँखा अस्पतालसंगको सहकार्यमा हेटौंडा–१४ मा रहेको जनज्योती माध्यामिक बिद्यालयमा निशुल्क आँखा परिक्षण शिविरको आयोजना गरेको छ ।