बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको हस्ताक्षरः ‘लैङ्गिक हिंसा म गर्दिन र गर्न दिन्न’
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु, राज्यमन्त्रीहरु, प्रमुख सचिब र सचिबहरुले कुनैपनि प्रकारको हिंसा हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै हस्ताक्षर गर्नु भएको छ । लैङ्गिक हिंसा म गर्दिन, म सहन्न, र गरेको देखेमा सम्वन्धीत ठाउँमा उजुरी गर्छु भनेर हस्ताक्षर गर्दै प्रतिवद्धता व्यक्त गर्नु भएको हो । त्यसैगरी कार्यस्थलमा हुने यौनजन्य हिंसाको अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डे, आर्थिक मामिला तथा योजना मन्त्री रचना खड्का, सामाजिक विकास मन्त्री विजय सुवेदी, उद्योग, पर्यटन् वन तथा वातावरण मन्त्री शान्ति प्रसाद पौडेल, स्वास्थ्य मन्त्री प्रदिप कटुवाल क्षत्री, आन्तरिक मामिला तथा कानून मन्त्री डाक्टर अजयक्रान्ती शाक्य, भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्र लामा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री जिवन खड्का, उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री शरस्वती बाटी, सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठ, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनाली र बिभीन्न मन्त्रालयका सचिबहरुले हस्ताक्षर र प्रतिवद्धता समेत व्यक्त गर्नु भएको हो ।
कुनैपनि प्रकारको लैङ्गिक हिसां नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिवद्धता सहितको हस्ताक्षर र व्यनार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय परिषरमा राखिएको छ । आजै हस्ताक्षर पनि गरिएको र अब सबै मन्त्रालय र मातहतकाकार्यालयमा पनि यो प्रतिवद्धासहितको बोर्ड राखिने मुख्यमन्त्री शाक्यले वताउनुभयो ।
लैङगिक हिंसा नगर्ने प्रतिवद्धा यस्तो छ ।