मकवानपुरका किसान धान भित्रयाउन व्यस्त

जनपत्र
९ कार्तिक २०७८, मंगलवार ०८:१८

हेटौंडा । मकवानपुरको दश वटै स्थानीय तहका बिकासनहरु हिजो आज आफ्नो खेतमा लगाएको धान थन्क्याउन व्यस्त रहेका छन् । दशै लगतैको वर्षा रोकिएर आकास खुलेसंगै किसानहरु धान थन्क्याउन व्यस्त रहेका हुन् । फेरी पानी पर्ने डरले किसानहरु आफ्ना खेतमा लगाएको धान थन्क्याउन लागिपरेका हन् ।

बिशेषगरी हेटौंडा वडा नम्बर–१६, १७ र १८ का किसानहरु धान काटेर खेतका गरामा फिज्ने, मेसिन लगाएर चुट्ने काममा व्यस्त भएको हेटौंडा १७ का किसान शिब थापा वताउनु हुन्छ । केही किसानका भने धान पाक्ने चरणमा छ । पहिले पानी परेकै समयमा धान काटेका किसान भने चिन्तीत छन् ।

यता मकवानपुरगढीको सिमल्टार, धादिङ्, भालुखोला, डुम्रेकुना, मनहरी गाउँपालिकाको हाँडीखोला, मनहरी लगायता क्षेत्रका किसान पनि धान भित्रयाउनमा व्यस्त रहेका छन् । यसैगरी मकवानपुरको इन्द्रसरोवरका किसानहरु अहिले धान काट्ने, चुट्ने काममा व्यस्त रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*