सर्वोच्च बारले पनि माग्यो प्रधानन्यायाधीशको राजीनामा (विज्ञप्तिसहित)

जनपत्र
९ कार्तिक २०७८, मंगलवार ०६:५१

सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेको छ। सोमबार साँझ विज्ञप्ति जारी गरेर बारले प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने माग राखेको हो ।

प्रधानन्यायाधीशले न्यायालयभित्र रहेको विकृति विसंगति अन्त्य गरी न्याय सम्पादन तथा न्याय प्रशासन सञ्चालन गर्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउँदै बारले न्यायपालिकालाई थप संकटबाट जोगाउन उनले समुचित निकास दिनुपर्ने बताएको छ ।

बारको कार्यसमितिको बैठकले न्यायिक नेतृत्व सम्पूर्ण रुपमा असफल भएको ठहर गर्दै न्यायपालिकालाई थप संकटबाट जोगाउन समुचित निकासका लागि मार्गप्रशस्त गर्न प्रधानन्यायाधीशलाई आग्रह गरेको हो। यसअघि चार पूर्वप्रधानन्यायाधीशले विज्ञप्ति निकालेर प्रधानन्यायाधीशलाई तत्काल राजीनामा गर्न आग्रह गरेका थिए ।

फरकधारबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*