लमजुङको खुदीबजार केन्द्रबिन्दु भएर भूकम्प

जनपत्र
९ कार्तिक २०७८, मंगलवार ०६:४४

लमजुङको मर्स्याङ्दी गाउँपालिका– ३ खुदीबजार केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार राति साढे ८ बजे लमजुङको खुदीबजार केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

उक्त भूकम्प २०७२ वैशाखकै पराकम्प रहेको केन्द्रले जनाएको छ । भूकम्प जिल्लाका अधिकांश स्थानमा महसुस भएको थियो । भूकम्पको धक्का आउँदा नागरिकहरू त्रसित भएर बाहिर निस्किएका थिए । २०७२ को पराकम्प पटकपटक आइरहँदा खुदीबजारसहित जिल्लाका नागरिक त्रसित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*