कांग्रेसका दुई प्रदेश सांसदको स्पष्टीकरण : फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई मत दिने याेजना छैन

जनपत्र
९ कार्तिक २०७८, मंगलवार ०६:४३

प्रदेश १ का सांसदद्वय ज्योति सुब्बा र नवोदिताकुमारी चौधरीले त्यहाँका मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रस्ताव गर्दा (फ्लोर क्रस) गरेर मत दिन नसकिने स्पष्ट पारेका छन् ।

यसअघि आइतबार सांसदद्वय सुब्बा र चौधरीले फ्लोर गरेर मुख्यमन्त्री आचार्यलाई मत दिन चाहेको विवरण स्रोतले फरकधारलाई दिएको थियो । कांग्रेसबाट निर्वाचित उनीहरूले फ्लोर क्रस गरेर आचार्यलाई मत दिन चाहेको भन्ने समाचारको खण्डनसमेत गरेका छन् ।

‘हामीले फ्लोर क्रस गरेर विश्वासको मत दिने भन्ने समाचारमा सत्यता छैन । हामी दलको निर्णयअनुसार मत दिन्छौँ,’ सांसद चौधरीले भनिन् । आइतबार प्रदेश संसदमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यसूची थियो । तर, कांग्रेस र सत्तारूढ एमालेको निवेदनपछि विश्वासको मत लिने मिति एक साता पर सरेको छ । फरकधारबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*